काठमाडौं, १० पुस । प्रभु बैंक लि. ले आप्mना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्पmत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।
यो क्यू आर कोड सेवा प्रभु बैंक लि. र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।
महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंक लि. को क्यू आर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आप्mनो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
प्रभु बैंक लि. ले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रु महानुभावहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
तपाईको प्रतिक्रिया