सामुदायिक लघुुवित्त वित्तीय संस्थाको ३२% सेयर बोनस पारित

अर्थ/वाणिज्य

12/27/2019

काठमाडौं, ११ पुस । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकको छैंठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारणसभाले आ.व. २०७५/७६ को वार्षिक लेखा परीक्षण प्रतिवेदनसहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरि आ.व. २०७५/७६ असार मसान्तसम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हक प्रद शेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ