अर्घाखाँची सिमेन्टको उत्पादन वृद्धि

अर्थ/वाणिज्य

12/18/2019

भैरहवा, २ पुस । अर्घाखाँची सिमेन्टले ४ गुणा बढीले आफ्नो दैनिक उत्पादनमा वृद्धि गरेको छ । दैनिक ७ सय टन सिमेन्ट उत्पादन गरिरहेकोमा हिजो ३ हजार टन उत्पादन गरेको उद्योगका सञ्चालक पशुपति मुरारकाले बताए ।

‘हालसम्म उद्योगमा ७ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छौं,’ उनले उद्योग स्थलमा पत्रकारसँगको राउन्ड टेबलमा भने,‘नेपाली बजारको माग अनुसार नै उत्पादन बढाएका हौं ।’ उनका अनुसार त्यहाँ ११ सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘हामीले १० वर्षअघिबाट क्लिकंर उत्पादन सुरु गरेका थियौं,’ उनले भने, ‘उनले भने,‘पाचँवर्ष देखि समेन्ट पनि उत्पादन गरेका हौैं । ’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ