सूर्य नेपालद्वारा स्थानीय स्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा रु. ५० लाखको सहयोग

अर्थ/वाणिज्य

7/20/2021

काठमाडौं, ५ साउन । सूर्य नेपाल प्रा.लि.ले तनहुँका शुक्ला गण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमशः रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैयाँको सहयोग गरेको छ ।

एक कार्यक्रमको बीच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका छन् ।

कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा गर्दै आएको विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे ।

कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन विकासका लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रा.लि. सदैव तयार रहेको जानकारी दिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरुले सूर्य नेपाल प्रा. लिले यस क्षेत्रको सामाजिक आर्थिक बिकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे ।

सूर्य नेपाल प्रा.लि.ले गत वर्ष पनि शुक्ला गण्डकी नगरपालिका तनहूँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा रु. दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग प¥याउन रु. एक–एक करोड रकम प्रदान गरेको थियो ।

सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कम्पनीले गत आ.व. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।

त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागियस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानीयबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्धको लडाईंमा सहयोग गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ