काठमाडौं, ७ माघ । सूर्य नेपाल गल्फ टुरको दोस्रो कार्यक्रम, सूर्य नेपाल इस्टर्न ओपन, मंगलबारदेखि धरानस्थित निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा सुरु हुने भएको छ ।
सूर्य नेपालले यो कार्यक्रम प्रायोजनका लागि ७ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबारदेखि बिहीबारसम्म चल्ने उक्त गल्फ स्ट्रोक प्ले फम्र्याट ५४ होलको हुनेछ । जसमा ७ स्थानीयसहित ३४ व्यावसायिक खेलाडीले भाग लिनेछन् । व्यावसायिक र सिकारु गल्फर खेलका लागि धरानमा जम्मा भइसकेको आयोजकले जनाएको छ । यहाँको गल्फ कोर्स ब्रिटिस आर्मी अफिसर्सले निर्माण गरेका हुन् ।
यो खेलका विजेताले एक लाख २५ हजार, रनर अपले ७५ हजार, तेस्रो हुनेले ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । सिकारु र व्यावसायिक गल्फरबीच मैत्रीपूर्ण खेलसहित शुक्रबार यो खेल समापन गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया