साल्ट ट्रेडिङले कुलमान घिसिङ र डा.सन्दुक रुइतलाई सम्मान गर्ने

अर्थ/वाणिज्य

12/25/2019


काठमाडौं, ९ पुस । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा नेपाल जनप्रशासन संघ(पान) द्वारा स्थापित ‘हेमबहादुर मल्ल सम्मान पुरस्कार ’ नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ ।
२०७३ सालको हेमबहादुर मल्ल सम्मानबाट नेपालमा विधुत् शक्तिको समुचित व्यवस्था गरी मुलुकलाई लोडसेडिङमुक्त तुल्याउने विधुत् प्राधिकरणका निर्देशक घिसिङलाइ र २०७४ सालको ‘हेमबहादुर मल्ल सम्मान ’आँखा उपचारमा अतुलनिय योगदान गर्ने आँखाका विशेषज्ञ चिकित्सक डा. रुइतलाई प्रदान गरिने भएको हो । आगामी शुक्रबार एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उनीहरुलाई सम्मान गर्न लगिएको हो । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन र जनप्रशासन संघ संयुक्तपत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा पुरस्कार छनौट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले २०५९ सालमा संघ स्थापना भएको र ६सालदेखि सार्वजनिक प्रशासन र व्यवस्थापन क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका प्रतिष्ठित व्यक्तिहरुलाई हरेक वर्ष सम्मान गर्दैै आएको जानकारी दिए । सम्मान पुरस्कार राशिको रकम सुरुमा नगद एक लाख रहेकोमा अहिले बढाएर दुई लाख पु¥याएको उनले बताए । पुरस्कार राशिको रकमलाई आगामी दिनमा बढाएर पाँच लाख पु¥याउन साल्ट ट्रेडिङका अध्यक्ष र कार्यकारी अधिकृतसँग उनले आग्रहसमेत गरेका छन् ।

हेमबहादुर मल्ल सम्मान पुरस्कारबाट २०६० सालदेखि अहिलेसम्म क्रमशः त्रिभुवन विश्वविधालयका पुवउपकुलपति केदारनाथभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोइराला, पुर्वमुख्यसचिव बिमल कोइराला, महाविर पुन, भोजराज श्रेष्ठ, दमननाथ ढुंगाना, काठमाडौं विश्वविधालयका पुर्वउपकुलपति सुरेशराज शर्मा, पुर्वउपकुलपति सुरेशराज शर्मा, पुर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, उमेश मैनाली, दामोदार गौतम, डा. देवेन्द्रराज पाण्डे, सम्मानित भइसकेका छन् । पुरस्कार घोषणा कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धर कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, नेपाल जनप्रशासन संघका कार्यवाहक अध्यक्ष डा. हिरामणि घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ