काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले ई( कमर्स प्लेटफार्म सस्तोडिलरसँग सहकार्य ) गरेको छ । उक्त सहकार्य अनुसार आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै सेल ए ब्रेसन अफरको लागि सहर्काय गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त अफर २४ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म लागु हुने जनाइएको छ । योजना अन्तर्गत ग्राहकले सस्तोडिलमार्फत प्रथमपटक कुनै पनि सामान किन्दा ४० प्रतिशत छुट सेलपे एपमा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन् भने थप १० प्रतिशत छुट सामानको खरिदमा चेकआउट गर्दा पाउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सेलपेद्वारा विभिन्न दुरसञ्चार सेवा, बिजुली,खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैैैैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायत सेवा लिन सकिने जनाइएको छ । साथै सेलपे सेवासँग आवद्व भएका बैंकका ग्राहकले सहज रुपमा यो सेवा लिन सक्ने उल्लेख छ ।
तपाईको प्रतिक्रिया