संविधान दिवसको अवसरमा नेपाल टेलिकमको अफर

अर्थ/वाणिज्य

9/18/2020

काठमाडौं, २ असोज । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर अफर घोषणा गरेको छ । यस टेलिकमले अनलिमिटेड युट्युब, फेसबुक र एड–अन प्याक उपलब्ध गराएको हो ।

कम्पनीले असोज २ देखि ४ गतेसम्म अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ । साथै, अनलिमिटेड फेसबुक र अनलिमिटेड युट्युब प्याकमध्य कुनै एक प्याक गरिद गर्ने ग्राहकले एड–अन प्याकका रुपमा १५ रुपैयाँमा १ जिबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुने जनाएको छ ।

यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
अफरअन्तर्गत २८ दिनको समयावधि हुने १ जिबी परेड डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसका अवसरमा यसमा ३४.७% छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । जसअनुसार असोज २ देखि ४ गतेसम्ममा यो प्याक ५ सय ५५ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ