होटेल सांग्रिलामा छुट

अर्थ/वाणिज्य

1/1/2020


काठमाडौं, १७ पुस । सन्राइज बैंकले आफ्ना ग्राहकलाई होटेल सांग्रिलामा छुट दिने भएको छ । ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । त्यसैक्रममा बैंकले होटेल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटेल सांग्रिलामा सम्झौता गरेको छ ।

बैंक र होटेलबिच भएको सम्झौताअनुसार बैंकका ग्राहकले सांग्रिलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट पाउनेछन् । सम्झौताअनुसार बैंकका ग्राहकले होटेलको खाना, पेय पदार्थ, बेकरी तथा साउनामा सनराइजको क्रेडिट डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंक र होटेलबीचको सहकार्य १ वर्षसम्म लागु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ