काठमाडौं, ६ पुस । मुक्तिनाथ विकास बैंकले नयाँ संचालक समितिको चयन गरेको छ । बैंकको १३ औं वार्षिक साधारणसभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ ।
सभाले संस्थापक सेयर धनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी केसी (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ ।
नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।
समितिका अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीबाट पद तथागोपनीयताको सपथ ग्रहण गरेका हुन् । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अभ्यक्ष ढकालले सपथ ग्रहण गराएका हुन् ।
तपाईको प्रतिक्रिया