काठमाडौं, १४ पुस । सिद्धार्थ बैंकले हालैमा १७ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा सिद्धार्थ बैंकले देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं, विराटनगर, पोखरा,भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा आयोजित उक्त कार्यक्रममा तीन सय ४२ जनाले रक्तदान गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्वअन्र्तगत सञ्चालन गरिएको रक्तदान कार्यक्रम पारी दमक, जनकपुर र हेटौंडामा पनि गरिने जानकारी दिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय एक ९७ एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्तस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया