८० प्रतिशतले घटे चिनियाँ पर्यटक

अर्थ/वाणिज्य

2/20/2020

काठमाडौं, ८ फागुन । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटेका छन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार गएको अंग्रेजी महिना जनवरीमा १३ हजार तीन सय तीनजना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीको आधा (१६ तारिख) सम्ममा नेपाल आउने पर्यटकको संस्था एक हजार तीन सय ४० मात्र छ ।

यो अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत मात्र हो । गत डिसेम्बरको अन्तिमतिर चीनमा कोरोनाभाइरस फेला परेको थियो ।

जनवरीको सुरुमा यसको प्रभाव बढी नदेखिए पनि त्यसपछि संक्रमण फैलिँदै गएको हो ।

चिनियाँ पर्यटक आगमनको पछिल्लो तथ्यांकले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्यलाई प्रभावित पार्ने देखिएको छ ।

यो भाइरसका कारण चिनियाँ पर्यटकको आगमन घटने मात्र नभएर नेपाल चीनको छिमेकी मुलुक भएका कारण कोरोनाको त्रासले अन्य मुलुकका पर्यटक पनि घटने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ