प्रस्तावित नेपाल सहकारी बैकको सम्पर्क कार्यालय स्थापना

अर्थ/वाणिज्य

काठमाडौं, ४ भाद्र । प्रस्तावित नेपाल सहकारी बैंक(प्रस्तावित) को सम्पर्क कार्यालय खुलेको छ ।

नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।

प्रस्तावित बैकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिना पछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ ।  

प्रस्तावित बैकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको  जनाइएको छ ।

नेपाली काग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैक सञ्चालनमा आउने बताए । उनले पुजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैकको अपरिहार्य रहेको उल्लेख गरे ।

उनले भने जहा प्रतिस्पर्धा हुन्छ त्यहा प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैक  दर्ता प्रकृया अघि बढेको हो ।

उनले एउटामात्र बैकले करिब ३४ हजार सहकारीलाईसमेट्न नसकेपछि नेपाल सहकारी बैक स्थापना गर्न लागिएकोमा खुसी लागेको बताउँदै त्यसको लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे ।

उनले प्रधनमन्त्री शेरबहादुर देउवाको समेत प्रस्ताबित सहयकारी बैक स्थापना गर्ने चाहना रहेको बताए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ