विजया दशमीको दिनमा ग्लोबल आइएमई बैंकको क्यासब्याक

अर्थ/वाणिज्य

काठमाडौं, २८ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपालीहरुको महान चाड विजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पावन तथा सुखद अवसरमा सुख, शान्ति र सम्बृद्धिको कामना सहितसम्पूर्ण ग्राहकहरुका निमित्त दशैं क्यासब्याक योजना ल्याएकोे छ ।

यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म “DASHAINDAKSHINA” लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु. ५० क्यासब्याक पाउनुहुनेछ । 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ