काठमाडौं, १ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–१७, खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।
यसैगरी, बैंकले सोमबारबाटै मोरङ जिल्ला सुनबर्षी नगरपालिका–२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ ।
नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टरसहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया