काठमाडौं, २५ मंसिर । हिमालयन बंंैक लिमिटेडले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवद्र्घित नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
हिमालयन बंंैक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच भएको सम्झौता अनुसार ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा हाई–एमबी मोबाइल बैंकिङ्ग, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै नेपालपे क्युआर सुबिधा भएको मोबाइल बैंकिङ्ग बाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्म) क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्नेछन् ।
क्यासब्याकको अफर नेपालभरिका सेल्सबेरी डिपार्टमेन्ट स्टोरका शाखाहरुमा मंसिर २५, २०७९ देखि पौष ३०, २०७९ गतेसम्म उपलब्ध हुने बैंकले जनाएको छ ।
देशको सबैभन्दा ठूलो रिटेल स्टोर मध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन प्रदान गर्ने बंैकको विश्वास छ ।
तपाईको प्रतिक्रिया