असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी/ईन्टरनेटमा प्रोमोकोडको वर्षा

अर्थ/वाणिज्य

काठमाडौं, ११ असार । ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।

यो अफर असार ११ देखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्ने छ ।

यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी रु १५० सम्म १०% छुट पाउने छन्।

एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ