प्राइम बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

अर्थ/वाणिज्य

काठमाडौं, १७ साउन । प्राइम कमर्सियल बैंक लि.मा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रुपमा व्यवस्थपकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल मिति २०८०÷०४÷१६ मा समाप्त भएकाले बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

संजीव मानन्धर स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत थिए । कायममुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ ।

तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् ।

अवकाशप्राप्त नारायणदास मानन्धर विगत १६ वर्षदेखि यस बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।

विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिंदै अध्यक्ष राजेन्द्रदास श्रेष्ठले यस बैंकलाई नयाँ उँचाईमा पु¥याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको धारणा राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ