काठमाडौँ, १९ भाद्र । Vespa/Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रा.लि.ले आफ्नो नयाँ शोरुम टेकुमा सञ्चालनमा ल्याएको छ ।
डेल्टा अटोकर्प प्रा.लि.का अध्यक्ष पुल्कित भिमसरिया साथै निर्देशक विवेक सिकारीया र निर्देशक केतन भिमसरिया र प्रा. लि. का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले टेकु शोरुम उद्घाटन गरेका छन् ।
यसैगरी, डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरुलाई सरल गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन् ।
कम्पनीले नयाँ मोडल पनि बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । भदौ २६ बाट हुने नाडा अटो सोमा ’अप्रिलिया एस आर १६० बि एस ६ स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको महतोले जानकारी दिएका छन् ।
डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै व्यवस्थापन समूह तयार गरेको छ । ’योङ, इनर्जेटिक र टु ह्विलर्समा काम गरेको अनुभवी टिम हामीसँग छ,’ उनले भने ।
डेल्टा अटोकर्पले आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँहरूमा सञ्चालन गरिएको जानकारी यसै प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले गराए ।
अन्तत यसै डेल्टा अटोकर्पको मार्केटिङका अनिष खड्काले अप्रिलिया राइड भाद्र १६ गते शनिबारको दिन सम्पन्न भएको जानकारी गराएका छन् र आगामी दिनहरुमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्पहरु गराउने जानकारी पनि गराएका छन् ।
यसका साथै, डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाडौ उपत्यकाको विभिन्न ठाउँहररुमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढि विभिन्न ठाउँहरुमा आफ्नो सेवा सुविधाहरु प्रदान गराउँदै आइरहेको जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया