हुन्डाईको फेष्टिभ डिलाइट २०८० को बम्पर प्राइज सार्वजनिक

अर्थ/वाणिज्य

काठमाडौं, २६ भाद्र । हुन्डाइं नेपालले भाद्र २१ गतेदेखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाई सुभलाई नाडा अटो शो २०२३ को पहिलो दिन आफ्नो स्टल बी–५ बाट अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त सभ हुन्डाई इक्सटर रहने भनी सार्वजनिक गरेको छ ।

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत बम्पर प्राइजमा हुन्डाई एक्सटर प्राप्त गर्न सक्नेछन् ।

नाडा अटो शो २०२३ मा हुन्डाईको बी५ स्टल भ्रमण गरेर सम्पूर्णले हुन्डाईका विभिन्न उत्पादनहरुको जिज्ञासाहरु पनि मेट्न सक्नेछन् ।

सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्व सम्म लागू हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ