प्राइम कमर्सियल बैंकद्वारा रक्तदान कार्यक्रम

अर्थ/वाणिज्य

काठमाडौं, ७ असोज । प्राइम कमर्सियल बैंक लि.ले आफ्नो १७औं वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजन गरेको थियो ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको थियो । उक्त रक्तदान कार्यक्रममा कूल ५१ जना रक्तदाताले रक्तदान गरी कार्यक्रम सफल पारे ।

उक्त कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरुलाई सम्मान स्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले प्रशंसा पत्र प्रदान गर्दै भविष्यमा पनि यस्तै सहयोग पाउने आशा गरी हार्दिक धन्यवाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ