सूर्य नेपालद्वारा भूकम्पपीडितको राहात तथा उद्धारका लागि १ करोड ४० लाख सहयोग

अर्थ/वाणिज्य

काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले आफ्नो व्यावसायिक सामाजिक दायित्वअन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्धार, राहात तथा पीडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउन रु.१ करोड ४० लाख सहयोग गरेको छ ।

रु.१ करोड रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले थप रु.३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै रु.५ लाख बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रा.लि.ले आधिकारीक जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ