काठमाडौं । हालै केही सिमित अनलाइन मिडियाहरूद्वारा सुनियोजित तवरले श्रृंखलाबद्ध गरि फरक फरक शीर्षक राखी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी प्रति नकरात्मक असर पु¥याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका यस्ता समाचारहरू प्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सूर्यज्योतिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आफ्ना सम्पुर्ण कार्यसम्पादन गर्दै आएको साथै नेपाल सरकारका अन्य नियामक निकाय कम्पनि रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधि भित्र रही सो निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको व्यहोरा जानकारी गराउँदछौं ।’
तसर्थ केहि सिमित मिडियाहरूमा प्रकाशित समाचारहरू तथ्यहिन, आधारहिन र कपोलकल्पित रहेको र गलत आरोप लगाएर लाखौं बिमित, लाखौं शेयरधनी र हजारांै अभिकर्ताहरूको विश्वास जित्न सफल सूर्यज्योति लाइफ प्रति आम जनतामा नै भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेको र यस्ता आधारहिन समाचारको पछि नलागी पुर्ण रूपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिन सूर्यज्योतिले आग्रह गरेको छ ।
‘कम्पनीसँग सम्बन्धित यहाँहरूको कुनै सुझाव वा गुनासो भएमा नजिकको शाखा कार्यालय वा कम्पनीको इमेल मार्फत उपलब्ध गराइदिनुहुन समेत अनुरोध गर्दछौं ।’ सूर्यज्योतिले भनेको छ ।
सूर्यज्योतिले भनेको छ, ‘साथै हामीलाई विश्वास गरेर सूर्यज्योति लाइफको साख एवं श्रीवृद्धिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हामीसँग आवद्ध सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।’
तपाईको प्रतिक्रिया