काठमाडौं । लक्ष्मी गु्रप अन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रा.लि. र काठमाडौँ उपत्यकाको चाबहिल जोरपाटी एरियाको Total Energies को आधिकारिक बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा २०८० फागुन ११ गते Total Energies को Retailer Meet सम्पन्न भएको छ ।
कार्यक्रममा काठमाडाँैका १५० जना भन्दा बढि Retailer हरुको उपस्थिति रहेको थियो ।
शँकर यमुना अटो पार्टसका म्यानेजिङ्ग डाईरेक्टर शँकर राज कारजितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल वर्कशप ब्यवसायी सघँका केन्द्रिय अध्यक्ष शरण कुमार गुरुङ्ग, बिशेष अतिथिका रुपमा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पुर्व अध्यक्ष माधव प्रसाद पाण्डे र अन्य अतिथिहरुमा नेपाल वर्कशप ब्यवसायी सँघका सह कोषाध्यक्ष श्री प्रसाद गुरुङ्ग, Total Energies का Export Manager पुरुषोतमन एमएस. र लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेको सहभागिता रहेको थियो ।
कार्यक्रममा Total Energies India का पुरुषोतमन एमएस. ले Total Energies मा उपलब्ध Product Range र यसका विशेषताको बारेमा सहभागी Retailers हरुलाई जानकारी गराएका थिए ।
बिशेष अतिथिको रुपमा बोल्दै NATU का पुर्व अध्यक्ष माधव पाण्डेले कमसल गुणस्तरका Lubricant को कारोबार बढ्दै गएको अवस्थामा गुणस्तरिय Lubricant को कारोबार गर्ने ब्यवसायीलाई चुनौती थपिएको उल्लेख गर्दै आम बिक्रेता र उपभोतmाहरुलाई गुणस्तरिय ीगदचष्अबलतक को प्रयोग र बिक्रि बितरण गर्न सुझाब दिएका थिए ।
कार्यक्रमका आयोजकको तर्फबाट बोल्दै लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेले लक्ष्मी ग्रुपको साथै लक्ष्मी ल्युब आयल प्रा.लि. को बारेमा सहभागीहरुलाई जानकारी गराए ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै शरण कुमार गुरुङ्गले गुणस्तरहीन Lubricant को कारोबार मौलाउँदै जानु दुखद रहेको भन्दै यसलाई रोक्न मापदण्ड बनाउन सरकारसँग पहल गर्न प्रयास गर्ने जानकारी गराए ।
तपाईको प्रतिक्रिया