काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको आरम्भ गरेको छ ।
बैंकले गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।
यसैगरी, बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितिमा गरेका छन् ।
सो सामारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
नयाँ २ एक्सटेन्सन काउन्टरसहित बंैकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।
तपाईको प्रतिक्रिया