काठमाडौं । बाढीपहिरोपीडितहरुको राहतका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले ३१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंक लि. परिवार गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैंया आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बैंकले जनाएको हो ।
तपाईको प्रतिक्रिया