हप्ता दिनमै लगानीकर्ताको सम्पत्ति १८६ अर्बले बढ्यो, अर्ब कारोबारमा 'ह्याट्रिक'

बजारमा देखिएको उछाल बारे के भन्छन् लगानीकर्ता ?

अर्थ/वाणिज्य

4/23/2018

नयाँ बर्ष ०७५ लागेपछि साता दिनको सेयर कारोबारमा लगानीकर्ताको सम्पत्ति एक खर्ब ८६ अर्बले बढेको छ । यसबीचमा नेप्से १५८ अंकले बढेर १४३८ अंकमा पुगेको छ भने समग्र बजार पूँजीकरण १६ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो तीन दिन लगातार एक अर्ब बढीको कारोबार भएको छ ।

आइतबार नेप्सेमा भएको कारोबार रकम गत साउन ११ गते यताको सबैभन्दा उच्च रकम हो । गत साउनमा एक अर्ब २९ करोड रूपैयाँको कारोबार भएको थियो । त्यस्तै गत वैशाखमा ६ दिन नेप्सेमा एकैदिन एक अर्ब बढीको कारोबार भएको थियो ।

नयाँ बर्षको पहिलो कारोबार दिन वैशाख २ गते समग्र बजार पूँजीकरण १५ खर्ब एक अर्ब रहेको थियो । त्यसपछि निरन्तर बजार बढ्दा ५ कारोबार दिनमै वैशाख ९ गते समग्र बजार पूँजीकरण १६ खर्ब ८७ अर्ब पुगेको छ । साता दिनभित्रै लगानीकर्ताको सम्पत्ति एक खर्ब ८६ अर्ब रुपैयाँले बढेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ