काठमाडौं– नेपालको अर्थ व्यवसाय जगतमा अहिले चर्चाको बिषय बनेको छ, को बन्ला नेपालकै पहिलोे सिइओ अफ दि इयर ? अर्थ तथा व्यवसाय जगतमा क्रियाशील तथा सफल सिईओ,चेयरपर्सन,डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सम्मानका लागि काठमाडौमा एक भव्य समारोहका बीच यो अर्वाड प्रदान गर्न लागीएको हो ।
नेपालमानै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ समिट तथा अर्वाड कार्यक्रममा नेपालमा क्रियाशील सरकारी तथा निजी अर्थ तथा व्यावसाय क्षेत्रका ६ जना व्यक्तिलाई अर्वाड प्रदान गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
सिईओ अफ दि इयर, सिईओ अफ दि इयर योग, सिईओ अफ दि इयर फिमेल, पपुलर सिईओ अफ दि इयर, सिईओ अफ दि इयर एस.एम.ई. र सिईओ अफ दि इयर पब्लिक सेक्टर विधा दिन लागिएको अवार्डको हाल छनौठ तथा रिसर्च कार्य भैरहेको इभेन्ट संयोजक भाबुक आचार्यले जानकारी दिए ।
आगामी फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा पहिलोपटक १७ देशका झण्डै ३ सय जना सिइओ तथा विजनेश लिडरहरुको सहभागितामा कार्यक्रम हुन लागेको हो । बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्धाहरु के हुन्छन् ? भन्ने कुरा समिटको पहिलो विषय हुने पनि आयोजकको दाबी रहेको छ ।
समिटमा ठूला र बहुराष्ट्रिय कम्पनीका सफल सिईओहरु र नेतृत्वकर्ताहरुले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता तौरतरिका अपनाएका छन र यो अवस्थासम्म आउन उनीहरुले के कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदान–प्रदान हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया