कारोबारमा आएका दशवटै समूहमा गिरावट आएपछि नेप्से परिसूचक सोमबार एक हजार चार सय विन्दुमा ओर्लिएको छ । साताको पहिलो दिन झिनो गिरावटसहित बन्द भएको बजारमा सोमबार दोहोरो अंकको गिरावट आउँदा १४००.०५ अंकमा झरेको हाे ।
बजार खुलेको एक घण्टा बढेको बजारमा त्यसपछि निरन्तर गिरावट आएपछि समग्र बजार पूँजीकरण १६ खर्ब ३६ अर्बमा समेटिएकाे छ । आईतबारको तुलनामा लगानीकर्ताको एकैदिनमा सम्पत्ति १२ अर्बले घटेको हाे ।
सोमबार १५४ कम्पनीहरुको सेयर किनबेच भएको बजारमा ९ लाख १५ हजार ५२३ कित्ता सेयरहरु ३ हजार ८५४ पटक किनबेच भएका छन् ।
दोहोरो अंकको गिरावट आएसँगै आईतबारको तुलनामा सोमबार कारोबार रकम १६ करोडले घटेर ३० करोड ७८ लाख रुपैयाँको मात्र सेयर खरिद विक्री भएको छ । आईतबार ४६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
कारोबारमा आएका उप समुहमध्ये बीमा समूहमा सबैभन्दा बढी ८४ अंकको गिरावट आएको छ । जलविद्युत्त ३०, लघुवित्त १७, विकास बैंक १४ र वाणिज्य बैंक ७ अंकले घटेका छन् ।

सोमबार ६ वटा वाणिज्य बैंकसहित सानिमा माई हाइड्रापावर कम्पनीको सबैभन्दा बढी तीन करोड ३९ लाख रुपैयाँको सेयर खरिद विक्री भएको छ । नबिल बैंक, इन्भेष्टमेन्ट बैंकको प्रमोटर, नेपाल लाईफ इन्स्योरेन्स एनएमबि र कुमारी बैंक तथा बुटवल पावर कम्पनीको सेयर अधिक किनबेच भएको छ ।

यस क्रममा साना तथा मझैला कम्पनीहरुको सेयर मूल्य बढेको छ । नयाँ नेपाल लघुवित्तको तीन प्रतिशत सहित फाइनान्स, र सामूहिक लगानी कोषका इकाईको सेयर मूल्य सामान्य बढेको छ । एफपीओमा जोखिम रहेको बुटवल पावरको सेयरमूल्य सोमबार एकै दिन २२ रुपैयाँले घटेको छ । कम्पनीको आईतबार पनि ३१ रुपैयाँले मूलय घटेको थियो ।
धेरै सेयरमूल्य घट्ने कम्पनीको सूचीमा सबैभन्दा बढीगुहेश्वरी मर्चेन्टको ५.७६ प्रतिशतले घटेको छ । तीनाउ विकास बैंक, एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशत बढीले गुमाउँदा किसान माइक्रो, सानिमा हाइड्रोपावर, एफपीओ बिक्री गरिरहेको बुटवल पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमूल्य तीन प्रतिशत बढीले घटेको छ ।

साभार: मेरोलगानी
तपाईको प्रतिक्रिया