नेपाल लाइफ इन्स्योरेन्सको १८ बोनस सेयर पारित

अर्थ/वाणिज्य

4/15/2018

नेपाल लाइफ इन्स्योरेन्सको बुधबार वीरगन्जमा सम्पन्न १८औं वार्षिक साधारणसभाद्वारा सेयरधनीहरूलाई चुक्ता पुँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर २८.५३ (कर सहित) रुपैयाँ वितरणको प्रस्ताव पारित भएको छ ।

बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय ४८ रुपैयाँ हुनेछ भने साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी आठ अर्ब कायम गर्ने प्रस्ताव पारित भएको छ ।

अध्यक्ष गोविन्दलाल संघाईले साधारणसभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समीक्षा वर्षमा कम्पनीले कुल बिमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

साथै उनले विद्यमान सेयर स्वामित्वमा सर्वसाधारण समूहमा सेयर संरचनामा वृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण सेयरधनीहरूको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ