जनकपुरधाम, २५ असार । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले नेपालको सीमाक्षेत्र सुरक्षित रहनुपर्ने बताएका छन् । सीमाक्षेत्रको अवस्था बुझ्नुका साथै भ्रमण निरीक्षण गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सिमानाको अवस्था, सिमा क्षेत्रमा बसोबास गर्दै आएका नागरिकका समस्या, स्तम्भहरुको अवस्था र सीमा सुरक्षाको स्थितिबारे स्थलगत निरीक्षण गरेका हुन् । सर्लाही जिल्लास्थित संग्रामपुर, त्रिभुवन नगर, भाडसर, फेन्हारा र मधुबनी लगायतका स्थानहरुमा पुगी सीमाक्षेत्रबारे जानकारी लिएका थिए ।
यसैगरी, प्रदेश प्रमुख डा.अहिराजले बाढीपहिरोबाट हुन सक्ने क्षति, सचेतनाको प्रयास, पूर्वतयारी, सीमाक्षेत्रका नागरिकहरुको समस्या बुझ्न स्थलगत निरीक्षणसमेत गरेका थिए । सर्लाहीको अधिकान्श सीमाक्षेत्रको अनुगमन र जनताको पीडा नजिकबाट बुझ्ने प्रयास गरेको उनले बताए ।
साथै, सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीमा वृक्षरोपण कार्यक्रम पनि गरेका थिए । सशस्त्र प्रहरी नायब महानिरीक्षक सिपि गौतम, नेपाल प्रहरीको नायब महानिरीक्षक उमेश रन्जितकार, पत्रकार महासंघ सर्लाहीका सभापति टन्क क्षेत्री लगायतकाहरुले वृक्षरोपण गरेका थिए ।
तपाईको प्रतिक्रिया