भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागत

समाचार

11/10/2019

राकेश यादव, रौतहट, २३ कार्तिक । विश्व हिन्दू परिषद् रौतहटले भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । भारतीय सर्वोच्च अदालतले दिइएको बर्षौंदेखि विवादित मुद्दा राम जन्म भूमि र बाबरी मन्दिरको फैसलाको विश्व हिन्दू परिषद्ले सदरमुकाम गौरमा मैनवती जलाएर स्वागत गरेका हुन् ।

सर्वोच्च अदालतको फैसलाले धेरै दिनको विबादको अन्त्य भएकोले फैसला ऐतिहासिक र स्वागत योग्य भएको परिषद्ले जनाएको छ । विश्व हिन्दू परिषद् रौतहट जिल्ला कार्य समिति तथा युवा समितिको संयुक्त आयोजनामा राम लेखेर मैनवती जलाएर खÞुशी व्यक्त गरेका छन् । सुिप्रम कोर्टले शनिवार सुनाएको फैसलामा विवादित जग्गा रामजन्मभूमि न्यासलाइ दिने भनी गरेको फैसला स्वागत योग्य भएको परिषद्का राघवेंद्र झाले बताएका छन् ।

फैसलाले दुवै समुदायको जित भएको उनले बताए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहले फैसला ऐतिसाहिक भएको जिकिर गरे । फैसलाको सवैले सम्मान गर्नु पर्ने धारणा उनले राखे ।

कार्यक्रममा विश्व हिन्दू परिषद्का जिल्ला अध्यक्ष आलोक पांडेय , सल्लाकर समितिका सदस्य सत्येंद्र प्रसाद सिंह, सदस्य राकेश कुमार यादव , मुकेश कुमार सिंह, युवा समितिका संयोजक नंदभूषण श्रीवास्तव , सदस्य अरविन्द यादव, संजीत झा, प्रेस फोरमका जिल्ला अध्यक्ष किशोरी यादव ,नेपाल चिन्तन परिवारका अशोक सिंह राजपूत लगायत दर्जनौ हिन्दू प्रति आस्था राख्नेहरुको सहभागिता रहेको थियो ।

रामललाको जीत भएको खुशियालीमा मिठाई समेत वितरण गरिएको थियो । ऐतिहासिक जित भएको फैसलाको स्थानीयहरुले आ–आफ्नो घरमा दिप जलाएर स्वागत गरेका छन् । मठ मन्दिरहरुमा राम नामको भजन कीर्तनको साथै साधु संतहरुले लड्डू समेत बाडेर खÞुशी जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ