काठमाडौं, २६ भाद्र । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दिने अनुशिक्षण तालिम सुरु भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले आयोजित एक समारोहका वीच सो तालिमको उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले सवै बाहिनीहरुमा जेण्डर डेक्स र अन्य विभिन्न एपीएफ युनिटहरुमा जेण्डर फोकल प्वईन्ट तोकिएको कुरा बताए ।
उनले सशस्त्र प्रहरी बल, नेपालले लैंगिक हिंसाको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको चर्चा गर्दै यस किसिमको तालिमको महत्वबारे प्रकाश पारे । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै सशस्त्र प्रहरी कर्मचारीको क्षमता अभिबृद्धिका लागि यस्ता तालिम फलदायी रहने बताए ।
तपाईको प्रतिक्रिया