रौतहट, २८ पुस । रौतहटमा रहेको जिल्ला कारागार गौरबाट र अपहरण तथा शरीर बन्धक मुद्दामा थुनामा रहेका कैदी फरार भएका छन् ।
अशोक यादव आइतबार राति फरार भएका छन् । तीन वर्षअघि जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा उनलाई कारागार पठाएको थियो ।
कारागारभित्र आन्तरिक रुपमा विद्युत सम्बन्धी काम समेत गर्ने गरेका यादव राति १० बजेको समयमा विद्युत सेवा अवरुद्ध बनाएर अँध्यारोको फाइदा उठाउँदै भागेको कारागार प्रशासनले जनाएको छ ।
राति बत्ती नबलेपछि बनाउन उनको खोजी भएको थियो । तर कारागारभित्र फेला नपरेपछि उनी भागेको जानकारी कारागार प्रशासनले पाएको थियो ।
तपाईको प्रतिक्रिया