काठमाडौं, ३ मंसिर । अमेरिका भ्रमणमा रहेका प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालाई न्युयोर्क अल्बानी मधेशी समाजका संयोजक प्रशान्त साह एवं विजय चन्द्रले दोसल्ला ओढाई सम्मान गरेका छन् ।
मधेशका समसामयिक विसयमा विस्तृत छलफल हुनुको साथै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ मा आगामी दिनमा स्वास्थ्य, शिक्षा एवं पर्यटनमा लगानी गर्नका लागि अमेरिकामा छरिएर रहेका मधेशी समुदायलाई आव्हान गरे ।
पर्यटन वर्ष २०२० मा न्युयोर्क अल्बानी मधेशी समाजले मधेशमा पुर्याउन सक्ने सहयोगको बारेमा छलफल भएको छ ।
समाजका सदस्यहरुद्वारा मुख्यमन्त्री राउतसँग “बेटी बचाऊ बेटी पढाउ” बारेमा जिज्ञासा राख्दा अभियानले बालविवाह रोक्न तथा शिक्षामा छोरीको आकर्षण बढाउन विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको बताए ।
साथै अभियानअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण, शौचालय निर्माण, सेनेटरी प्याड वितरण गरिने जस्ता कार्यक्रम रहेको बताए ।
मुख्यमन्त्री राउतले प्रवासी मधेशीले प्रदेश २ मा लगानी गर्दा २० वर्षसम्म करमा सहुलियत दिने वाचा गर्दा मुख्य न्यायाधिवक्ता झाले प्रदेश सरकारको तर्फबाट हुन सक्ने हरेक सहयोग गर्ने कुरा बताए ।
न्युयोर्क अल्बानी मधेशी समाजका संस्थापक सदस्य देवेन्द्र चंद्रबंशी, मुकेश झा एवं रतन मण्डलले चाडै नै प्रदेश नम्बर २ मा स्वास्था एवं शिक्षामा लगानी गर्न योजना अगाडी बढाएको कुरा बताए ।
तपाईको प्रतिक्रिया