रुपन्देही, २५ मंसिर । रुपन्देहीको बुटवलमा आयोजना गरिएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा चार लाख रुपियाँका पुस्तक बिक्री भएका छन् ।
बुटवलको दीपनगरमा आयोजना गरिएको तीन दिने महोत्सवमा आठ हजार पाठकले अवलोकन गरेका आयोजक संस्था प्रगतिशील लेखक संङ्घका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए । महोत्सव मङ्सिर २० देखि २२ गतेसम्म चलेको हो ।
पाठ्क्रमबाहेकका साहित्य, कला, संस्कृति र सङगीतसँग सम्बन्धित पुस्तकहरु प्रदर्शनीमा राखिएको थियो । यस क्षेत्रमा साहित्य अनुरागीहरुको सङ्ख्या बढे पनि पठन संस्कृति कमजोर भएकाले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
विशेष गरेर नयाँपुस्तामा पठन संस्कृतिमा बढीभन्दा बढी आबद्धता गराउने उद्देश्यले बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीको आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया