पर्सा, १ मंसिर । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आइतबार बिहान भएको आगलागीमा परी ठूलो संख्यामा चौपायाको मृत्यु भएको छ ।
गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवा जलेर मरेका छन् ।
लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो संख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा आठ, विदेशबाट ल्याएका उन्नत जातको बोका दुई र ५० वटा परेवा जलेर मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया