वीरगन्ज, ६ माघ । बलिदानी दिवसको अवसरमा आम आदमी पार्टी नेपालले वीरगंजको घण्टाघरमा मैनबत्ती बालेर आम शहीदहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
सो श्रद्धाञ्जली सभामा आम आदमी पार्टी नेपालका केन्द्रीय अध्यक्ष अशोक कुमार यादव, महिला नेतृ मधुमाया यादव, केन्द्रीय प्रवक्ता भरत भुषण पाण्डेय लगायतको सहसहभागिता थियो ।
पर्सा महिला अध्यक्ष ज्योति गुप्ता केन्द्रीय सदस्य अनिता सिंह तथा जिल्ल का नेता कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
राजपा, समाजवादी शहीदहरूको भावना विपरीत काम गरेको आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादवको अभिव्यक्ति थियो ।
आफूलाई मधेशवादको नकक्ली खाल ओढेर चुनाव जितेका नेताहरू मधेश लुट्ने बाहेक केही नगरेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया