विराटनगर, २२ पुस । प्रत्येक वर्ष हुँदै आएको आन्नद उत्सव यो वर्ष पनि हुने भएको छ । विराटनगर शनीहाट स्थित मारवाडी सेवा सदनमा श्याम भक्तहरूको आयोजनामा यही पौष २५ र २६ गते खाटु श्याम प्रभुको भजन कीर्तन आयोजना गरिने भएको छ ।
उक्त अवसरमा प्रभुको भजन किर्तनका साथ भव्य श्रृंगार, अखण्ड जोत, भजनमृत वर्षा एबम् प्रसादको आयोजना हुनेछ ।
उक्त अवसरका लागि भारतका विभिन्न स्थानहरूबाट भजन गायकहरू समेत आमन्त्रित गरिएका छन् जसमा श्री कुमार दीपक कोलकत्ता बाट, श्री चैतन्य दादिच दिल्लीबाट र श्री सञ्जु शर्मा कोलकत्ताबाट आउने कार्यक्रम रहेको छ । उक्त अवसरमा वीरगन्ज निवासी डा.विजय अग्रवालद्वारा श्याम अखण्ड ज्योति पाठ समेत हुनेछ ।
कार्यक्रम शुक्रबार साँझ ४ बजेबाट प्रारम्भ हुने भएको हुँदा सम्पूर्ण धर्म प्रेमी महानुभावहरुलाई उपस्थित भई लाभ उठाउन हुन आयोजकके अपिल छ ।
तपाईको प्रतिक्रिया