कुटपिट आरोपमा सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

समाचार

1/3/2020

कपिलवस्तु, १८ पुस । नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु–३ का निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सांसद शाहविरुद्ध कुटपिट गरी ज्यान मार्ने उद्योगमा अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको हो ।

गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको आरोप लागेको छ । मिश्राले सांसद शाह र उनका सवारी चालक सोनु कहार भन्ने शशी कश्यपले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप लगाएका छन् ।

सांसद शाहले रमा गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुँघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ । कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ