काठमाडौं–तराई/मधेश द्रूतमार्ग सडक निर्माण आयोजनालाई थप व्यवस्थित बनाइने

समाचार

11/18/2019

काठमाडौं, २ मंसिर । काठमाडौं–तराई/मधेश द्रूतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्य्दिशाको आधारमा ब्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने भएको छ ।

राष्ट्रिय गौरवको उक्त आयोजना तोकिएको समय सिमाभित्र गुणस्तरीय ढंगबाट सम्पन्नश गर्न नेपाल सरकारको प्रचलित ऐन कानुनको परिधिभित्र रहि खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ आयोजना प्रमुखको रुपमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्बहाली गरिएको छ ।

सहायक रथी श्रेष्ठको विषयमा विभिन्नय प्रकाशनमा सार्वजनिक भएका समाचारका सम्बन्धमा गठित छानबिन समितिले प्राविधिक त्रुटी बाहेक कुनै पनि नियोजित त्रुटी नभएको र सो मा उहाँको संलग्नता नपाएको ।

साथै उनले जिम्मेवारी लिएका विगतका कार्यहरुमा देखाउनु भएको कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन् गर्नुका साथै राष्ट्रिय गौरवको यस आयोजनालाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्नय गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखको रुपमा निरन्तरता दिइएको छ ।

साथै, प्रधानसेनापतिको आर्थिक अनियमिततामा शुन्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले उक्त आयोजनामा संलग्न गैर सैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तरगतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विज्ञहरुको पारदर्शीपूर्वक छनौट तथा ब्यवस्थापकीय पक्षहरुमा विशेष जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ