रुपन्देही, ७ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारका कारण आफूहरुलाई समस्या भइरहेको बताएका छन् उनले केन्द्र सरकारले कानून बनाउन ढिलाइ गर्दा काम गर्न समस्या भएको बताएका हुन् ।
प्रदेश समन्वय परिषद बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । केन्द्र सरकारले कानुन नबनाइदिँदा साझा सूचीका अधिकार कार्यान्वयन गर्न समस्या भएको बताएका हुन् ।
संघीय कानून नबन्दा प्रदेश सरकारले आवश्यक कानूनहरु बनाउन नसकेको र कानुन अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको उनले बताए ।
तपाईको प्रतिक्रिया