नेपालगञ्ज, २३ मंसिर । शिक्षामा छोरीहरुको सहज पहुँच पु¥याउन नेपालगन्जको डुडुवा गाउँपालिकाले कन्या मुद्दती कार्यक्रम लागु गरेको छ ।
ग्रामीण क्षेत्रमा बालिकालाई अझै पनि विद्यालय नपठाउने चलन कायमै रहेकाले शिक्षामा पहुँच बढाउन एक स्थानीय तहले कन्या मुद्दती शिक्षा कार्यक्रम लागू गरेको हो ।
छोरीलाई विद्यालय पु¥याउन र विवाह २० वर्षपछि मात्र गराउन डुडुवा गाँउपालिकाले आफ्नो गाँउपालिकाभित्र कन्या मुद्दती कार्यक्रम लागू गरेको हो ।
चलू आर्थिक वर्षको सुरुबाटै गाँउपालिकामा रहेका छ वटा वडाका हरेक बालिकालाई लक्षित गरेर कन्या मुद्दती शिक्षा कार्यक्रम लागू गरिएको गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
तपाईको प्रतिक्रिया