माघ मिलन कार्यक्रम हुँदै

समाचार

1/13/2020

नेपालगन्ज, २८ पुस । थारू समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको माघे संक्रान्ति पर्व यस वर्ष पनि नेपालगन्जमा भव्य रुपमा मनाइने भएको छ ।

माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती हुने भएको छ । थारु समूदायको महान पर्व माघे संक्रान्ति (नयाँ बर्ष माघ) को अवसरमा नेपालगञ्जमा ‘माघ मिलन’ कार्यक्रम भव्य रुपमा मनाउने भएको छ । 

करिब १ दर्जन थारु समूदायका हक हित र अधिकारका क्षेत्रमा काम गर्ने थारु संघ–संस्थाको सयुक्त आयोजनामा ‘माघ मिलन’ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

‘माघ मिलन’ कार्यक्रममा थारु समुदायको सांस्कृतिक नाच जस्तै, झुम्रा नाच, लठ्ठहवा नाच, हुरदुङग्वा नाच, छोक्रा नाच, मयुर नाच, दफ नाच प्रस्तुत गरिनुका साथ राष्ट्रिय तथा स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमले जनाएको छ ।

त्यस्तै, कार्यक्रममा थारु परिकारहरु, ढिक्री, घोँघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको झोलको स्वादसमेत लिन सकिने प्रचार प्रसार समितिका संयोजक भगतराम थारुले जानकारी गराउनुभयो । कार्यक्रममा थारु कला संस्कृति र थारु समुदायको लागि योगदान पु¥याएका ४ जना व्यक्तित्वलाई सम्मान समेत गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ