कलशमा जल भर्न कपिलवस्तु रामघाटमा भीड

समाचार

9/29/2019

कपिलवस्तु, १२ असोज । आजबाट बडा दशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा पनि लिने गरिएको छ ।

घटस्थापनाको दिन आज पूजा कोठा, दशैंघर अथवा कोतमा दीयो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन पनि रहेको छ ।

घटस्थापनाको दिन पूजा कोठामा कलश अथवा घडामा जलभरी माथिपट्टि आँप पात वा वर पीपलको पात राखेर कलश वरिपरि गाईको गोबर टाँसेर त्यही जौ उमार्ने चलन रहेको छ ।

पूजा कोठामा कलश स्थापना गर्न को लागि बिहानै उठेर नुहाई धुवाई गरी चोखो भएर नदी, खोला, ताला, तालाया वा आफूलाई पायक पर्ने ठाउँमा गएर चोखो बालुवा वा माटोमा ल्याएर दशाहरघरमा राख्ने गर्छन् ।

पूजा कोठामा कलश स्थापना गर्न को लागि बिहानै उठेर नुहाई धुवाई गरी चोखो भएर कपिलवस्तु जिल्लाको बाणागांग नदी को रामघाट लागएत विभिन्न ठाउँमा जल भर्न, चोखो बालुवा वा माटो ल्याउनका लागि श्रद्धालुभक्तजनको भीड लागेको छ ।

बडादशैंमा नवदुर्गा भवानीको १० दिनसम्म पूजा गर्ने गरिन्छ । परम्पराअनुसार जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिने गरिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख रहेको पाइन्छ ।

यसरी उमारिएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रूपमा लगाउने पनि गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिशेक को रुपाम लिने चलन छ ।

यसरी लिइएको जलबाट आयु बढ्ने र राम्रो स्वास्थ्य हुने धार्मिक विश्वास रहेको छ । असोज २१ गते मंगलबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको समितिले जनाकारी दिइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ