कृष्णनगरमा पनि मनाइयो पृथ्वी जयन्ती

समाचार

1/12/2020

कपिलवस्तु, २८ पुस । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बीच नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ ।

सो अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस कार्यक्रम आयोजना गरी मनाइएको छ । आयोजक राष्ट्रिय एकता समारोह समिति परिवार कृष्णनगर समितिका अध्यक्ष पुष्पा रजौरियाको अगुवाईमा मनाइएको छ ।

जसमा वक्ताहरुले राष्ट्रिय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन् । साथै पृथ्वी नरायण शाहको नेपाल एकीकरणमा रहेको योगदान बिर्सन नसकिने कुरा स्मरण गराउँदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नुपर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा प्रेम शंकर शुक्ल, रवि दत्त मिश्रा, अकरम पठान, गुरु शरण सिंह, दिनेश चन्द गुप्त, ंसुनील अग्रहरी, पंकज गुप्ता,संजय गुप्ता, तुंगनाथ समाजसेवी, पत्रकार, सुरक्षाकर्मीलगायत अन्य सर्वसाधारणको उपस्थित थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ