चितवन, २७ पुस । पूर्वी चितवनका थारु जातिले माघी (खिचरा) पर्वको अवसरमा आयोजना गरेको सातौं संस्करणको ‘खिचरा महोत्सव २०७६’ सुरु भएको छ ।
चितवनको खैरहनी नगरपालिकामा माघ ८ गतेसम्म महोत्सव आयोजना गरिदैैंछ । महोत्सवको उद्घाटनअघि बृहत शोभा यात्रा निकालिएको छ । महोत्सवमा विविध जातजाति, संघसंस्थाका झाँकी एवम् भेषभुषासहितको शोभा यात्रा निकालिएका थियो ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले महोत्सव आयोजना गरेको हो । यस महोत्सवको मुख्य उद्देश्य थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु रहेको आयोजकको भनाइ छ । सोही अनुरुप महोत्सवमा थारुसँगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको सांस्कृतिक कार्यक्रमलाई जोड दिइएको सांस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।
महोत्सवमा १५० वटा स्टल छन् । तिनीहरुमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहेको छ ।
तपाईको प्रतिक्रिया