वीरगन्ज, २२ मंसिर । वीरगन्ज महानगरपालिकाअन्तर्गत छपकैयामा आयोजित आँखा शिविरको उद्घाटन नगर प्रमुख विजय कुमार सरावगीले गरेका छन् ।
आँखा शिविरको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले आँखा जिवनको सबैभन्दा महत्वपूर्ण अगं भएकोले यसको उपचारमा कुनै कमि हुन नदिने धारणा व्यक्त गरे ।
उनले नगरवासीको आँखा उपचारका लागि आफूबाट हुने सबै सहयोग जारी राख्ने बताए । मेयर कल्याणकारी कोषद्वारा बिरगंज महानगर भित्र सम्पूर्ण वडाहरुमा अभियानकै रुपमा आयोजना भइरहेको सातौ शिविर छपकैयामा सम्पन्न भएको हो ।
नगर प्रमुख सरावगीले मोतीयाबिन्दुको परिक्षण पश्चात सम्पूर्ण बिरामिहरुलाई निःशुल्क बस सेवा मार्फत मतृका आइ अस्पतालमा ल्याई मोतियाबिन्दु अपरेशन मंसिर २७ गते देखि पुष ३ गतेसम्म हुने बताए ।
वीरगंज महानगरपालिका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसनको सहयोगमा आँखा चेकजाँचको शिविर संचालन गरिएको छ ।
तपाईको प्रतिक्रिया