जीपी कोइराला फाउण्डेशनद्वारा आकस्मिक रक्तदान कार्यक्रम

समाचार

12/13/2019

वीरगन्ज, २७ मंसिर । वीरगंजमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आकस्मिक रक्तदान र्कायक्रमको आयोजना गरेको छ ।

रक्त सञ्चार केन्द्र पर्सामा रगतको अभाव भएकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशनले खुल्ला रक्तदान र्कायक्रमको आयोजना गरेको हो ।

एक जना सञ्चारकर्मीसहित ५८ जनाले रगतदान गरेका छन् । जसमध्ये ४ जना महिला र ५४ जना पुरुष रहेको जी.पी.कोईराला फाउण्डेशन र्पसाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताए ।

रगत दिने मोहम्मद नौसाद, आकाश चौहान, न्युज २४ टिभिका सञ्चारकर्मी इरफान अली, कृष्णा पटेल, अर्जुन गुप्ता, एलिशा राई, बिन्दु कुमारी, अनुपम नायब, निरु श्रेष्ठ, मोहम्मद अफताब, बाबुनन्द प्रसाद पटेल, शेख एजाज, विकास चौहान, शेख शमिर लगायतका व्यक्तिले रक्तदान गरेका हुन् ।

रक्तदान र्कायक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसबाट प्रदेश सांसद ओमप्रकाश शर्मा, विशिष्ठ अतिथि वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, नेपाल पत्रकार महासंध प्रदेश नं २ का प्रमुख दिपेन्द्र चौहान, वीरगज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, विशिष्ठ अतिथि दिगो महिला विकासकी अध्यक्ष सुषमा द्विवेदी, अतिथि लिभिङ्ग विथ नेचरका संयोजक रोहित र्वणवाल तथा रक्तदान र्कायक्रमका संयोजक जी.पी कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद शहाबुदिन रहेका थिए ।

रक्तदान जीवनदान नाराका साथ गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सा, दिगो महिला विकास पर्सा र लिभिगं विथ इन्भाइरोमेण्टले जी पी कोईराला फाउण्डेशलाई हातेमालो गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ