जबरजस्ती करणी गरी फरार भएका खनाल पक्राउ

समाचार

11/17/2019

बारा, १ मंसिर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोहल्बी नगरपालिक–२ बस्ने करिब ४५ वर्षीय बलराम खनाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराको फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कोहल्बीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ